सुनको मूल्य घट्यो

डिसी नेपाल
१० पुष २०८१ १२:०१
1.6k
Shares

काठमाडाैं। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदी भने ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य १ लाख २८ हजार ३ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ४३ रुपैयाँ कायम भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *