चलचित्र ‘जन्ते बाख्रो’को शुभमुहूर्त

डिसी नेपाल
१२ पुष २०८१ १३:३५
96
Shares

काठमाडाैं। सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ। शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै पौष २० गतेबाट फ्लोरमा जान लागेको जानकारी दिइएको हो।

सिनेमाका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिएका थिए। यो सिनेमामा सौगात र गरिमासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा निर्माण हुँदैछ। प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन्। बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ। सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ। सिनेमालाई हरि हुँमागाईले खिच्ने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *