सुदूरपश्चिममा रास्वपाले जिल्ला अध्यक्ष टुंग्यायो, कहाँ को?

डिसी नेपाल
१२ पुष २०८१ १८:४०
1.0k
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला समिति गठन गरेको छ। कैलाली, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, कञ्चनपुर र दार्चुलामा रास्वपाले जिल्ला समिति गठन गरेको हो।

कैलाली जिल्ला अध्यक्षमा महेशकुमार चौधरी चयन भएका छन्। दार्चुला अध्यक्षमा गोपालसिंह कोट्टारी, बाजुरा अध्यक्षमा नवराज जैशी, अछाम अध्यक्षमा आमेप्रकाश रावल, बझाङ अध्यक्षमा सत्यराज उपाध्याय, डोटी अध्यक्षमा केशव बलायर, डडेल्धुरा अध्यक्षमा सुरेन्द्र अवस्थी, बैतडीको अध्यक्षमा भीम नाथ र कञ्चनपुर अध्यक्षमा पदमबहादुर विष्ट चयन भएका छन्।

अध्यक्षसँगै जिल्ला समिति पनि गठन गरिएको छ। रास्वपाले पछिल्लो समय संगठन विस्तारका क्रममा जिल्ला सम्मेलन गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *