श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे काठमाडौं आउँदै

डिसी नेपाल
१२ पुष २०८१ १८:५०
188
Shares

काठमाडौं। श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे शनिबार नेपाल आउँदै छन्। उनी निजी भ्रमणका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए।

मन्त्रालयले उनलाई पूर्वराष्ट्रपतिका रूपमा भ्रमणका क्रममा शिष्टाचार र सुरक्षाको प्रबन्ध गर्ने जनाएको छ। अन्य भेटघाट र भ्रमण उनले आफ्नै हिसाबले निजी रूपमा गर्ने जनाइएको छ। पूर्वराष्ट्रपति विक्रमासिंघे नेपाल भ्रमणका क्रममा लुम्बिनीसमेत जाने कार्यक्रम छ। भ्रमण सम्पन्न गरी उनी यही पुस १७ गते स्वदेश फर्कनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *