आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

डिसी नेपाल
१३ पुष २०८१ ७:५०
1.1k
Shares

काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा ​हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

पश्चिमी न्यूनचापीय मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने महाशाखाले उल्लेख गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *