धनगढी पुगेर आरजुले भनिन्- मेरो निर्वाचन क्षेत्र यही हो

डिसी नेपाल
१३ पुष २०८१ १४:२६
180
Shares

धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीबाटै चुनाव लड्ने बताएकी छन्। शनिबार धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले कैलालीबाटै चुनाव लड्ने बताएकी हुन्।

‘पहिला पनि यही क्षेत्रबाट चुनाव लडेको थिएँ। केही कारणले हारियो होला। फेरि पनि यही आएर चुनाव लड्ने मेरो विचार छ,’ उनले भनिन्। उनले पार्टी पंक्ति एक ढिक्का हुनुपर्नेमा जोड दिएकी छन्। राजनीति व्यक्तिगत लाभका लागि गर्न नहुने उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *