पारसले माफी मागे, तर…
काठमाडौं। त्रिभुवन विमानस्थलमा प्रहरीमाथि दुव्र्यवहार गरेको विषयमा पूर्व यूवराज पारस शाहले माफी मागेका छन्। उनले सोमबार साँझ फेसबुकमा अंग्रेजीमा लामो स्टाटस लेखेर माफी मागेका हुन्।
उनले बैंककमा आमाको बायोस्पी हुन लागेकाले त्यसफर्त जाँदै लाग्दा तनावमा रहेको र विमानस्थलमा प्रहरीले छोरालाई अपमान गरेपछि प्रहरीसँग भनाभन भएको बताएका छन्।
उनले त्रिभुवनविमानस्थलमा भएको घटनाबारे जनतालाई भन्नै पर्ने भएकाले भन्दै यो पोष्ट गरेका हुन्।
उनले लेखेका छन्, ‘त्यसमाथि प्रहरीको डण्डा मेरो छोराको अनुहारमा देखेँ, अनि मैले नियन्त्रण गुमाएँ‘’, उनले अगाडि लेखेका छन्, ‘म सम्बन्धित व्यक्तिसित माफी माग्न चाहन्छु तर मेरो ठाउँमा कुनै पनि नेपाली बाबु भए त्यस्तै गर्ने थियो‘बाँकी नेपाली जनतालाई निर्णय गर्न छाड्छु।’
आइतबार पारस छोरा हृदयन्द्रसहित थाइल्याण्डको बैंकक जाँदै गर्दा विमानस्थलका प्रहरीमाथि दूव्र्यवहार गरेको भन्दै प्रहरीले सोमबार घटनाबारे छानविन शुरु भएको जनाएको थियो।

No ads found for this position


डिसी नेपाल
Facebook Comment