बलिउडकी चर्चित हिरोइन हुन् विजय माल्याकी छोरी, नाम जान्दा चकित पर्नुहुन्छ

डिसी नेपाल
२ भदौ २०७५ १२:४५

एजेन्सी। भारतमा चर्चित र विवादित व्यवसायी विजय माल्याकी छोरी बलिउडकी चर्चित हिरोइन हुन् भन्दा विश्वास नलाग्न सक्छ तर यो सत्य हो। बलिउड अभिनेत्री समीरा रेड्डी विजय माल्याकी छोरी हुन्। यद्यपि माल्याले समिरालाई जन्म दिएका भने होइनन् ।

जन्मबाहेक पिताले गर्ने हरेक जिम्मेवारी भने माल्याले नै निभाउँदै आएका छन् । यतिसम्म कि समिराको विवाहमा उनको कन्यादान समेत विजय माल्याले गरेका हुन् ।

समिराले बलिउडका साथै तमिल, तेलुगु, मलायालम, कन्नड र बंगाली फिल्ममा काम गरेकी छिन् । समिराले २०१४ मा बिहे गरेकी हुन् । उनका एक छोरा छन् । समिराले २००२ मा सोहेल खानको फिल्म मैने दिल तुझको दे दियाबाट बलिउड डेब्यू गरेकी थिइन् । २००४ मा आएको फिल्म मुसाफिरबाट उनले चर्चा पाइन् । समिराले नो इन्ट्री, ट्याक्सी नम्बर ९२११ लगायत फिल्ममा काम गरेकी छिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *