विवादित एसएसपीलाई ललितपुर प्रहरी परिसरको जिम्मेवारी

डिसी नेपाल
१६ पुष २०८१ २२:०१
632
Shares

काठमाडौं। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले ललितपुरमा विवादित एसएसपीलाई पठाएको छ। चार वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को काज सरुवा गर्ने क्रममा विवादित एसएसपी श्यामकृष्ण अधिकारीलाई पठाएको हो।

०७८ भदौमा बाँकेको एसपी रहेका बेला नेपालगञ्जको मोजाङ मिनी क्यासिनोका एजेन्टसँग मदिरा र मोबाइल उपहार लिएर उनी विवादमा परेका थिए। तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्देशन दिएपछि बल्ल मदिरा र मोबाइल फिर्ता गरेका थिए। उनी नै ललितपुरको एसएसपीको सरुवा गरिएको छ।

सरुवा हुने एसएसपीहरुमा बिनोद घिमिरे काठमाडौं उपत्यका ट्राफिक कार्यालय, भूपेन्द्र खत्री भरतपुर शिक्षालय, सोमेन्द्रसिंह राठौर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र श्यामकृष्ण अधिकारी ललितपुर परिसर छन्। ललितपुर प्रहरी परिसरका एसएसपी शेखर खनाललाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *