‘लाज शरणम्’ फिल्मका तीन पोस्टर सार्वजनिक

डिसी नेपाल
१७ पुष २०८१ १६:५६
292
Shares

काठमाडौं । ‘लाज शरणम’ फिल्मका तीन पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले फेसबुकमार्फत फिल्मका तीन पोस्टर सार्वजनिक गरेको हो।

आगामी फागुन १४ अर्थात् महाशिवरात्रीमा प्रदर्शन हुने भनिएको फिल्म कमेडी जनरामा आधारित छ। फिल्म कुमार कट्टेल ‘जिग्री’ले निर्देशन गरेका हुन्।

जेपिटी क्रियसनको ब्यानरमा निर्मित फिल्मा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, बबिन राई, रामभजन कामत, कमलमणी नेपाललगायत कलाकारको अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *