ललितपुरमा वर्षा, कस्तो छ अन्य स्थानको मौसम?

डिसी नेपाल
२३ पुष २०८१ १६:३४
1.2k
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको ललितपुरसहित देशका केही स्थानमा आज दिउसो छिटपुटदेखि हल्का वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकाभित्र दिउँसो साढे ३ बजेसम्म ललितपुरमा वर्षा भएको हो। लगनखेल, जावलाखेलमा क्षेत्रमा सामान्य वर्षा भएको महाशाखाले जनाएको छ।

काठमाडौंमा पनि पानी पार्ने बादल विकास भएकोमा वर्षा हुन सकेको छैन। आज कास्कीको लुम्ले, रोल्पा, बागलुङ, लमजुङको खुदीबजार, धनकुटालगायत स्थानमा सामान्य वर्षा भएको छ।

सिन्धुपाल्चोकको मेलम्ची घ्याङ, सोलुखुम्बुको लुक्लामा हिमपात भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *