सुनको मूल्य घट्यो
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनको मूल्य घटेको छ। सुन प्रतितोला आठ सय र चाँदी प्रतितोला ३० घटेको हो।
गत शुक्रबार प्रतितोला एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, आज चाँदी प्रतितोला रू एक हजार आठ सय ६० मा कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment