अधिवक्ता त्रिपाठीमाथि आक्रमणविरुद्ध सर्वोच्च बारको प्रदर्शन

डिसी नेपाल
६ माघ २०८१ १६:१२
380
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आइतबार कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्।

सर्वोच्च अदालत बार एशोसिएशनको आव्हानमा बारका सदस्यले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन्।

उक्त प्रदर्शनमा पीडित अधिवक्ता त्रिपाठीले एउटा हुलले आएर आफूलाई दुव्र्यवहार गरेको बताए। उनले व्यक्तिगत मामिलामा नभइ पीडितको प्रतिनिधित्व गर्दा आफूमाथि आक्रमणक भएको बताए।

उनले भने, ‘न्यायको प्रत्याभूति गर्न सक्नुपर्छ। आक्रमणकलाई गम्भिरतापूर्वक छानविन गरिनुपर्छ। वकिलहरुको प्रतिनिधित्वबिना न्याय प्रणाली कसरी फैसला गर्छ ? यो महत्वपूर्ण कुरा हो। मलाई व्यक्तिगत मामिलामा नभइ पीडितको प्रतिनिधित्व गर्दा म माथि आक्रमणक भएको छ। यसको सत्यतथ्य छानविन गरिनुपर्छ। मलाई दुव्र्यवहार गरिएको छ।’

प्रदर्शनमा उनीहरूले त्रिपाठीमाथिको आक्रमणको विरोध र कानून व्यवसायीको सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग राखेका छन्। आन्दोलनमा वरिष्ठ अधिवक्ताहरू रमश श्रेष्ठ, शम्भु थापालगायतका बारका पदाधिकारी र सदस्य पुगेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *