राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

डिसी नेपाल
८ माघ २०८१ ९:००
92
Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन्।

राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति ट्रम्पलाई अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण र सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन्।

साथै राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र विस्तार हुँदै जाने विश्वास व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *