प्रदेशसभा सदस्य वीरबहादुर थापाद्वारा राजीनामा, बजेटप्रति असन्तुष्टि जनाउँदै दिए पद त्यागेको घोषणा

डिसी नेपाल
२८ असोज २०८३ १०:३२
88
Shares

कैलाली। सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। थापाले प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

कञ्चनपुरबाट निर्वाचित नेकपा (एमाले) का सांसद थापा केही समयदेखि प्रदेश सरकारले ल्याएको बजेट तथा योजना बाँडफाँडप्रति गम्भीर असन्तुष्टि जनाउँदै आएका थिए।

प्रदेशसभाबाट मंगलबार बजेट पारित भएलगत्तै उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन्। सभामुख भीमबहादुर भण्डारीले सांसद थापाको राजीनामा प्राप्त भएको पुष्टि गरेका छन्।

लामो समय सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेका थापा पार्टी र सरकारभित्रै पनि आफ्ना अडानका लागि चिनिन्छन्।

तत्कालीन राजनीतिक समीकरणका क्रममा कृषि मन्त्री बनेका उनले पछिल्लो समय प्रदेश सरकारले बजेटमा सन्तुलन मिलाउन नसकेको र जनभावनाविपरित बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *