कांग्रेसको १५औं महाधिवेशन

सहमहामन्त्रीमा बहादुरसिंह लामा निर्वाचित, जनजाति कोटाका २० केन्द्रीय सदस्यको टुंगो लाग्यो

डिसी नेपाल
२८ असोज २०८३ ११:२०
80
Shares

काठमाडौं।नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फको सहमहामन्त्री पदमा बहादुर सिंह लामा तामाङ अत्यधिक मतका साथ निर्वाचित भएका छन्।

अन्तिम मतपरिणाम अनुसार ३ हजार २४५ मत प्राप्त गर्दै उनी सहमहामन्त्रीमा विजयी बनेका हुन्। उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत प्राप्त गरे भने अन्य उम्मेदवारहरू तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत ल्याएका छन्।

यसैगरी, निर्वाचन समितिले आदिवासी जनजातितर्फका खुला तथा महिला केन्द्रीय सदस्य पदको अन्तिम परिणाम पनि घोषणा गरेको छ।

महिलातर्फ ८ पदका लागि परेको ३४ जनाको उम्मेदवारीमध्ये गीता गुरुङ २ हजार ८५९, डा. गङ्गालक्ष्मी अवाल २ हजार ७६८, रेणुका काउछ मगर २ हजार ३९२, सपनाराज भण्डारी जोशी २ हजार ३५१, सिता कुमारी राना मगर २ हजार १३२, प्रमिला राई २ हजार २०, लिलादेवी बोखिम लिम्बु १ हजार ६८१ र पुनम लामा १ हजार ६३६ मत प्राप्त गरी विजयी भएका छन्।

त्यस्तै, १२ पदका लागि ४१ जनाको प्रतिस्पर्धा रहेको आदिवासी जनजाति खुला (पुरुष) तर्फबाट तीर्थ लामा सर्वाधिक ४ हजार ४२५ मत ल्याएर निर्वाचित भएका छन्।

उनीसँगै ई. अनुप श्रेष्ठ (२,५५१ मत), डा. प्रेमध्वज लामा (२,५०५ मत), कर्मा छेरिङ शेर्पा (२,४०६ मत), टेकप्रसाद गुरुङ (२,०९० मत), भीम श्रीस मगर (२,०४६ मत), रामकृष्ण चित्रकार (१,९८२ मत), बुद्ध लामा (१,९५६ मत), गेल्जे लामा शेर्पा (१,८१९ मत), वंशलाल तामाङ (१,७५६ मत), अमृत गुरुङ (१,६८९ मत) र सुशील गुरुङ (१,६४४ मत) प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *