प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब रुपैयाँ मौज्दात
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विपद् व्यवस्थापन र पीडितको राहतका लागि स्थापना गरिएका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार कोषका विभिन्न खाताहरूमा हालसम्म कुल १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ रुपैयाँ मौज्दात पुगेको छ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष अन्तर्गत देशभित्रका नौवटा वाणिज्य बैंकहरूमा रहेका नेपाली रुपैयाँ खाताहरूमा मात्रै १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ रुपैयाँ जम्मा भएको छ।
यसका साथै विदेशी मुद्रा खाता सञ्चालन गरिएका हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका खाताहरूमा २ करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर मौज्दात रहेको छ।
बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रहरूमा उद्धार, पुनस्थापन र राहत सामग्री वितरण कार्यलाई थप प्रभावकारी बनाउन स्वदेश तथा विदेशमा रहेका संघसंस्था, उद्योगी-व्यवसायी एवं सर्वसाधारण नागरिकहरूबाट आर्थिक सहायता प्राप्त भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment