यस दशैं, केन्ट आरओसँग मनाऔं शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पलहरू
काठमाडाैं।नेपालीहरूको महान् पर्व दशैं नजिकिँदै गर्दा घर-परिवारमा भेटघाट, आत्मीयता, खुसी र उत्सवको माहोल सुरु भएको छ। यही अवसरमा केन्ट आरओले यस दशैंलाई अझ स्वस्थ, सुरक्षित र यादगार बनाउँदै शुद्ध पानीसँगै परिवारको स्वास्थ्य र खुसी मनाउन सबैलाई आह्वान गरेको छ।
दशैं केवल टीका र जमराको पर्व मात्र होइन, परिवार तथा आफन्तसँग समय बिताउने, मिठा परिकार बाँड्ने र खुसी साटासाट गर्ने विशेष अवसर पनि हो। यस्तो महत्वपूर्ण समयमा परिवारको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सफा, शुद्ध र सुरक्षित पिउने पानी दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्न सक्छ।
“शुद्ध पानी, स्वस्थ भोलिका लागि” भन्ने प्रतिबद्धतासहित केन्ट आरओले आधुनिक प्रविधिबाट पानीमा रहेका हानिकारक अशुद्धता हटाउँदै आवश्यक खनिजहरू कायम राख्ने उद्देश्यका साथ विभिन्न पानी शुद्धीकरण गर्ने उपकरणसम्बन्धी समाधानहरू उपलब्ध गराउँदै आएको छ।
केन्ट आरओका प्रमुख विशेषताहरूअन्तर्गत पानीमा रहेका हानिकारक अशुद्धताहरू हटाएर सुरक्षित पिउने पानी उपलब्ध गराउनु, पानी शुद्धीकरणसँगै शरीरका लागि आवश्यक पर्ने खनिजहरू कायम राख्नु र परिवारका लागि सुरक्षित तथा स्वादिलो पानी उपलब्ध गराउनु रहेका छन्। लाखौँ परिवारको विश्वास जित्न सफल यस ब्रान्डले पानी शुद्धीकरणको क्षेत्रमा २५ वर्षको विश्वास बोकेको छ। साथै, यसका उत्पादनहरूमा १२ महिनाको वारेन्टी पनि उपलब्ध छ।
२५ वर्षको विश्वास बोकेको केन्ट आरओले पानी शुद्धीकरणको क्षेत्रमा आफ्नो प्रविधि र गुणस्तरमार्फत परिवारहरूको स्वस्थ जीवनशैलीमा योगदान पुर्याउँदै आएको छ।
यस दशैंमा पनि केन्ट आरओले परिवारसँगै बसेर मनाइने हरेक खुसीको पलमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको महत्व सम्झाउन चाहेको छ। दशैंको पावन अवसरमा केन्ट आरओले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र पारिवारिक खुसीको हार्दिक शुभकामना व्यक्त गर्दै केन्टका घरायसी सामग्रीहरू खरिद गरी यो दशैं स्वस्थ रूपमा मनाउन अनुरोध गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment