प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन

डिसी नेपाल
२८ असोज २०८३ १३:३१
24
Shares

काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन्।

बडादसैँको चौथो दिन आज प्रधानमन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचखाल-९ का अध्यक्ष रामकाजी श्रेष्ठले बताए।

अध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री बिहान १०ः०० बजे भगवती दर्शनका लागि त्यहाँ पुगेका थिए।

प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि पुगेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *