दशैं नजिकिएसँगै भृकुटीमण्डप खसी बजारमा चहलपहल: धमाधम भित्रिँदै खसी, बोका र च्यांग्रा
काठमाडौं।बडादशैं नजिकिएसँगै राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित खसी बजारमा दसैंको रौनक र चहलपहल ह्वात्तै बढेको छ। विजयादशमीका लागि खसी, बोका तथा च्यांग्रा खरिदबिक्री गर्ने उद्देश्यले देशका विभिन्न भागका साथै हिमाली जिल्लाहरूबाट चौपाया भित्र्याउने क्रम तीव्र बनेको छ।
व्यापारीहरूले देशका विभिन्न ग्रामीण क्षेत्र, तराईका जिल्लाहरू तथा हिमाली भेग मुस्ताङलगायतका स्थानबाट खसी, बोका र च्यांग्रा काठमाडौँ ल्याउन थालेपछि बजारमा दसैंको छुट्टै उमङ्ग थपिएको हो।
चाडपर्वका बेला काठमाडौँ उपत्यकामा मासुको माग उच्च हुने भएकाले भृकुटीमण्डप लगायत कलङ्की, बिजुलीबजार र नयाँ बसपार्क क्षेत्रका खसी बजारमा पनि व्यापारी र ग्राहकको भीड लाग्न थालेको छ।
दसैंका लागि उपत्यकामा वार्षिक रूपमा हजारौंको संख्यामा खसी, बोका र च्यांग्राको खपत हुने गर्दछ। बजारमा स्वस्थ चौपाया मात्र बिक्री वितरण होस् भन्नका लागि सरकारी निकाय तथा काठमाडौं महानगरपालिकाले पशुको स्वास्थ्य परीक्षण र बजार अनुगमनलाई समेत तीव्र बनाउने तयारी गरेका छन्। उपभोक्ताहरू पनि आफूलाई पायक पर्ने र उचित मूल्यका खसी, बोका रोज्न बजारसम्म पुग्न थालिसकेका छन्।






















No ads found for this position



डिसी नेपाल
Facebook Comment