बूढानीलकण्ठबाट चितुवाको उद्धार

डिसी नेपाल
१० माघ २०८१ १२:१९
64
Shares

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ भंगाल चोकबाट एक चितुवाको उद्धार गरिएको छ। वन कार्यालयको टोलीले डार्ट गरेर बिहीबार बिहान ११ बजेतिर चितुवाको उद्धार गरेको हो।

डिभिजन वन कार्यालय काठमाडौंबाट शंकर थापा नेतृत्वको टोली परिचालित भएको थियो। वन डिभिजन कार्यालय काठमाडौंका प्रमुख पुष्पराज बर्तौलाले चितुवालाई सुरक्षित रूपमा उद्धार गरेर थप उपचार र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको बताए।

उद्धार टोलीमा संलग्न सवडिभिजन वन कार्यालय गोकर्णका प्रमुख अशोक पराजुलीले शारीरिक रुपमा स्वस्थ रहेको चितुवा शिकारको खोजीमा सहरी क्षेत्रमा प्रवेश गरेको हुनसक्ने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *