वात्सल्य नेचुरल आईभिएफमा कुमारी बैंकका ग्राहकलाई १० हजार छुट

डिसी नेपाल
१० माघ २०८१ १४:२६
164
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र नक्शाल, काठमाडौंथित वात्सल्य नेचुरल आईभिएफ प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई वात्सल्य आईभिएफ प्याकेजमा १० हजारको छुट प्रदान गरिनेछ। साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।
वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षणलगायत सेवा प्रदान गर्दै अएको छ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिंङ सेवा दिँदै आएको कुमारी बैंकले देशभरका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *