हयान्ड्रिक्राफ्ट ब्यापारी लागूऔषधसहित पक्राउ
काठमाडौं । लागूऔषधसहित प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१६ ठमेल क्षेत्रपाटीस्थित ह्यान्डीक्राफ्ट पसलबाट लागूऔषध चरेश दुई किलोग्राम, गाँजा एक किलो २ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, नाइट्राभेट ९ ट्याब्लेट, मेथाडोन २ सय ८० ट्याब्लेट र नगद ७४ हजार रूपैयाँसहित प्रहरीले पक्राउ गरिएको हो।
पसलका सञ्चालक सोही महानगरपालिका–२१ भोटेवाहाल घर भएका ५८ वर्षीय शुद्द शरण रन्जितकारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरी वृत्त लैनचौर समेतबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment