वर्तमान सरकार जनताका समस्या समाधान गर्न केन्द्रित छ : मन्त्री शाही

डिसी नेपाल
११ माघ २०८१ १७:४६
52
Shares

काठमाडौं । वनमन्त्री ऐन बहादुर शाही ठकुरीले वर्तमान सरकार विविध समस्या समाधान गर्दै जनतालाई छिटो छरितो सेवा दिन केन्द्रीत भएको बताएका छन्।

शुक्रबार चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको टिकौली मध्यबर्ती सामुदायीक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारणसभामा बोल्दै उहाले बर्तमान सरकार जनताको समस्या समाधान गर्दै छिटो छरितो सेवा दिन केन्द्रीत भएको बताएका हुन्।

उनले वन मन्त्रालयलाई विकास विरोधीको रुपमा मात्रै हेर्ने गरेको गुनासो गर्दै विकासको साझेदारीको रुपमा वन मन्त्रालय अगाडी बढेको बताए।

मन्त्री ठकुरीले मध्यबर्ती क्षेत्रहरुमा मानव र वन्यजन्तुबीचको द्वन्द्व पछिल्लो समयमा बढ्दै गएको बताउनु हुदै द्वन्द्व न्युनिकरणको लागि वन मन्त्रलयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए। उनले यस समस्याको समधानका लागि अध्ययन गर्न विशेष समिति समेत बनाएको बताउए।

कार्यक्रममा टिकौली मध्यबर्ती सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष बुद्धिसेन चौधरीले टिकौली वन भएर बग्ने खगेरी खोला सौराहाको पर्यटनको लाईफ लाईन हुन सक्ने भएकाले यसको बिकासका लागि ध्यान दिनुपर्ने धारणा राखे।

उनले टिकौली वन क्षेत्रमा देखिएका समस्याहरु समेत समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *