चार देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज, १३ मुलुकका लागि नाम सिफारिस गरिने

डिसी नेपाल
२८ असोज २०८३ ७:३५

काठमाडौं। संसदीय सुनुवाइ समितिले चार विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने भएको छ।

समितिको बैठक बुधबार बिहान ८:३० बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बोलाइएको छ।

बैठकमा लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि प्रस्तावित राजदूत डा. मञ्चला कुमारी झा, मलेसियाका लागि प्रस्तावित चुडामणि खरेल, जापानका लागि प्रस्तावित जीज्ञान कुमार थापा र साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारलाई आमन्त्रण गरी संसदीय सुनुवाइ गर्ने कार्यसूची तय गरिएको छ।

यसैगरी, विभिन्न १३ मित्रराष्ट्रका लागि राजदूत पदमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको उपयुक्तता तथा अनुपयुक्ततासम्बन्धी अन्तिम निर्णय गरी स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाउने कार्यसूचीसमेत रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *