कांग्रेसको विषय विज्ञतर्फ डा. केदार नरसिंह केसी अगाडि, पाँच सदस्यका लागि प्रतिस्पर्धा
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको पेशागत (विषय विज्ञ) समूहको मतगणनामा डा. केदार नरसिंह केसीले अग्रता लिएका छन्।
३ हजार २१ मतगणना हुँदा डा. केसीले १ हजार ३८३ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका प्रा.डा. जगदीशचन्द्र पोखरेलले १ हजार १३१ मत पाएका छन्। त्यस्तै, डा. प्रदीप मिश्रले ७०२, वरिष्ठ अधिवक्ता सीताराम केसीले ६५१, डा. नहकुल केसीले ५८०, केशव निरौलाले ५४५, शिवशंकर रिजाल (जोगिन्दर) ले ५३८ र सीए पदम भट्टराईले ५३० मत प्राप्त गरेका छन्।
यसैगरी, अधिवक्ता कलमबहादुर खत्रीले ४९१, भरतराज ढकालले ४७५, प्रकाश कटुवालले ४४२, इन्जिनियर मनोज घिमिरेले ४३०, इन्जिनियर धनेन्द्र केसीले ३८६ र इन्जिनियर दीपेन्द्र क्षेत्रीले ३६७ मत पाएका छन्।
मतपरिणामअनुसार अधिवक्ता कासिनाथ चुडालले २६५, इन्जिनियर दिलीपकुमार झाले २६१, समिरजंग शाहले २३८, गोपालप्रसाद पोखरेलले २३६, लक्ष्मीकिशोर सुवेदीले २०६, इन्जिनियर शुभास अधिकारीले २०१ र विज्ञान प्रसाईंले १९८ मत प्राप्त गरेका छन्।
त्यस्तै, धर्मानन्द जोशीले १८७, मोहन लम्सालले १८२, शिव लम्सालले १७८, इन्जिनियर विनोदकुमार यादवले १७३, इन्जिनियर सुदर्शन शर्माले १६०, ज्यानेन्द्र झाले १५२, डा. विनायक पण्डितले १४४ र डा. शिवचन्द्र शाहीले १३८ मत पाएका छन्।
यस समूहमा इन्जिनियर यमकृष्ण पौडेलले १३४, शत्रुघ्नप्रसाद गुप्ताले १२८, हरिबहादुर कार्कीले १२३, रमेशकुमार वखतीले ७६, विश्वदीप लामिछाने र रामकृष्ण पोखरेलले समान ६८ तथा सुशीलप्रसाद फुँयालले ६५ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यको पेशागत (विषय विज्ञ) समूहबाट पाँच जना निर्वाचित हुने व्यवस्था छ। मतगणना जारी रहेकाले उम्मेदवारहरूको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment