बिमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन
काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले आवेदन दिएका छन्।
सरकारले गठन गरेको सिफारिस समितिमा कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठको आवेदन परेको हो।
यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई कीर्ते नागरिकता प्रकरणमा भ्रष्टाचार मुद्दा लागेसँगै हाल प्राधिकरण अध्यक्षविहीन छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment