रुखबाट खसेर गोरखामा एकको मृत्यु

डिसी नेपाल
१२ माघ २०८१ १७:१८
264
Shares

सुलीकोट । गोरखामा रुखबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा भिमसेन थापा गाउँपालिका–४ धावास्थित बडाडाका ५५ वर्षीय पोष्टबहादुर लामिछाने भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरिक्षक धुब्र प्रसाद शर्माले बताए।

उनका अनुसार शनिबार दिउँसो झण्डै १ बजेको समयमा आफ्नो घर पछाडी रहेको चौताराको वरको रुखले घरमा छायाँ पारेको भनी वरको रुखको हाँगा काट्ने क्रममा रुखबाट खसेर घट्नस्थलमै पोष्टबहादुर लामिछानेको मृत्यु भएको हो।

लामिछाने धाबा गोरखा सडक अन्र्तगत ढलान गरेको सडकमा रुखबाट खसेर टाउकोमा गम्भीर गहिरो घाउ र दायाँ हात समेत भाँचिएको प्रहरी निरीक्षक शर्माले बताए।

घटना घटेको खबर प्राप्त हुनसाथ इलाक प्रहरी कार्यालय आरुघाटको प्रहरी टोली घटनस्थलमा पुगी मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी लास पोस्टमार्टमका लागि आरुघाट आधारभूत अस्पताल आरुघाटमा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

यस्तै, घटनाको बारेमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक शर्माले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *