पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न

डिसी नेपाल
१२ माघ २०८१ १७:२२
68
Shares

काठमाडौं। पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। त्यसअवसरमा मन्त्री पाण्डेले पर्यटक प्रहरीलाई सघाउने विविध संघसंस्था एवं व्यक्तिलाई प्रशंसापत्र प्रदान गरे।

पर्यटकको सुरक्षाका साथै उनीहरुका समस्या समाधान र गुनासा सम्बोधनमा पर्यटक प्रहरीले निर्वाह गरेको भूमिकाको सराहना गर्दै पर्यटन प्रवद्र्धनका निम्ति यस क्षेत्रमा आबद्ध सबैले आ–आफ्नो दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने पर्यटक प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरे। उनले पर्यटकहरूको सुरक्षा प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा त्यसका लागि सरोकारवाला सबै निकायको समन्वयात्मक भूमिका अपरिहार्य रहेकामा जोड दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीका पूर्वअध्यक्ष शिव अधिकारी, पर्यटन विभागका महानिर्देशक नारायण प्रसाद रेग्मीले विदेशी मुद्रा आर्जनको प्रमुख माध्यम पर्यटन उद्योगको विकासका निम्ति सरकारी एवं गैरसरकारीस्तरबाट निरन्तर प्रयास भइरहेको र त्यसलाई अझ सशक्त बनाउन यस क्षेत्रमा आबद्ध सबैले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.