चार लाख नगदसहित इटहरीबाट आठ जुवाडे पक्राउ
सुनसरी। इटहरी उपमहानगरपालिका-४ शान्तिचोकस्थित ‘द इस्टन होटल’मा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनीहरूलाई आइतबार साँझ नगद रु ४ लाख ५६ हजार र सात बुङ तासबोसहित नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय मोहन घिमिरे, मनोज राई, ईश्वर कार्की, टिकाराम गेलाल, जीवन अधिकारी, युवराज मगर, दुर्गाप्रसाद थापा र खगेन्द्र लिम्बूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका आठै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment