डेउडा प्रतिष्ठान केन्द्रीय अध्यक्षमा डोटेली कान्छा चयन

डिसी नेपाल
१३ माघ २०८१ ९:३५
56
Shares

काठमाडौं । डेउडा प्रतिष्ठानको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रतिष्ठानको केन्द्रीय समिति अध्यक्षमा लोकदेउडा गायक सुरत बहादुर रावत ‘डोटेली कान्छा’ निर्विरोध चयन भएका छन्।

प्रतिष्ठानको उपाध्यक्षमा भक्तराज जोशी, महिला उपाध्यक्षमा सरिता कठायत, महासचिवमा तोयनाथ भट्ट, उपमहासचिवमा प्रेम बिबश चन्द, सांगठनिक सचिवमा विष्णु भक्त खैर, प्रशासनिक सचिवमा धर्मराज जोशी, कोषाध्यक्षमा कृष्णा सिराडी र सहकोषाध्यक्ष धनसरा साउँद चयन भएका छन्।

त्यस्तै सदस्यमा केशबराज फुलारा, धनेश्वरी रेग्मी, चन्द्र बहादुर थापा, सरस्वती धामी, जयन्ती धामी चएन भएको मुख्य निर्वाचन अधिकृत पदम बहादुर धामीले बताए। २५ सदस्सीय कार्यसमितिमा बाँकी सदस्य कार्यसमितिले मनोनित गर्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *