सुनसहित एयरपोर्टबाट एक जना पक्राउ
काठमाडौं । विमानस्थलबाट सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २४ ग्राम ९ सय ९० मिलिग्राम सुन जस्तो देखिने धातुको सिक्री १ थान, ल्यापटप ३ थान र मोबाइल २ थानसहित बाग्लुङ निसीखोला गाउँपालिका-९ घर भएकी २८ वर्षीया सुनिता घर्ती मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
बाह्य मुलुकबाट काठमाडौं आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुको सिक्री, ल्यापटप र मोबाइल सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment