रविलाई १ करोड धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतको आदेश

डिसी नेपाल
१३ माघ २०८१ १८:४९
3.1k
Shares

काठमाडौं। रुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरण मुद्दाका प्रतिवादी रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको छ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी हुन्।

सहकारी ठगी प्रकरणमा लामिछानेसँग अहिलेसम्मकै धेरै धरौटी माग गरिएको छ। लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *