कञ्चनपुरमा पुरुषको शव फेला
धनगढी । कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दैजीदेखि बेलडाडी जाने महाकाली सिँचाइ नहरमा शव फेला परेको हो।
कञ्चनपुर प्रहरीले पाँच दशमलव ६ इन्चको पुरुषको शव आइतवार फेला परेको बताएको छ। उनको परिचय खुलेको छैन। उनले सुनौलो रङको घडी लगाएका छन्। कालो पाइन, खैरा स्विटर र कालो जुत्ता लगाएका छन्। उनको शव महाकाली प्रादेशिक अस्पतालमा छ।
उनको परिवार तथा चिनेका व्यक्तिलाई प्रहरीमा खबर गर्न भनिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment