कुनै मतलब छैन, सरकार निदाइरहेको छ : नेपाल
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार निदाइरहेको टिप्पणी गरेका छन्। आज काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित विचार सभालाई सम्बोधन गर्दै नेपालले उक्त आरोप लगाएका हुन्।
‘सरकार निदाएको छ। कुनै चासो र मतलब छैन। नेपाल कृषिप्रधान देश हो। तर, माछासमेत ८० प्रतिशत आयात गरेरै खाइरहेका छौं। यो लाजको विषय हो। नेपालमै उत्पादन गर्दा बजार हामी दिन्छौं भन्न सक्दैन सरकार? हाम्रो एउटा विप्लव कमरेडले चाहँदा त भएको छ,’ उनले भने।
सोमबार मात्रै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा ‘सी व्यापार केन्द्र’को स्थापना गरेको छ। यही प्रसंग झिक्दै नेपालले यस्तो टिप्पणी गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment