वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन्।
पक्राउ परेका मध्ये कार्कीले अमेरिका पठाइदिन्छु भन्दै तीन जना पीडितबाट एक करोड रुपैयाँ र पोखरेलले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितबाट १२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंबाट नै पक्राउ गरेको थियो।
आवश्यक थप अनुसन्धान तथा कारबाहीको लागि कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौं र पोखरेललाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment