विविध कार्यक्रमका साथ मनाइयो सोनाम ल्होछार
काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसार पर्व विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।
तामाङ समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने प्रचलन रहेको छ।
यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ।
यसबैची ‘मञ्जुश्री सम्वत–२८६१ सोनाम ल्होछार भब्य रुपमा मनाऔं, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौं’ भन्ने मूल नाराका साथ काठमाडौंस्थित टुँडिखेलमा पनि भव्य रुपमा सोनाम ल्होछार पर्व मनाइएको छ।
सो अवसरमा ताम्वा, बोन्वो तथा सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्य डम्फू सेलो प्रस्तुत गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment