कञ्चनपुरमा कांग्रेसका नगर सभापति मृत फेला, हत्या आशंका

डिसी नेपाल
१९ माघ २०८१ १०:१६
864
Shares

धनगढी । कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन्। भीमदत्त नगरपालिका-१८ स्थित वडा कार्यालय नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गणेश चन्दले अहिले घटनास्थलमा जिल्लाका एसपी चक्रराज जोशीको कमाण्डमा टोली पुगेको जानकारी दिए। मृतक कलौनी भीमदत्त नगरपालिकाका कांग्रेस सभापति एवं लोकप्रिय नेता थिए।

अहिलेसम्म घटना के कसरी घट्यो भन्ने विषयमा प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन। उनको हत्या भएको आशंकामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *