रुपन्देहीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

डिसी नेपाल
१९ माघ २०८१ १०:४६
184
Shares

रूपन्देही । पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको सरावलमा मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीका एक युवकको मृत्यु भएको छ। दुर्घटनामा एक युवक गम्भीर घाइते भएका छन्।

सरावल गाउँपालिका १ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा बुटवलतर्फ आउँदै गरेको प्रदेश नम्बर ३-०२-००६ प ९८३६ को मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार रुपन्देहीको शुद्धोधन गाउँपालिका अमुवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका-३ घर भएका २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन्।

उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको मोटरसाइकल सडकको बीचमा रहेको पेटीमा ठोकिँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *