ठमेलमा आगलागी
काठमाडौं । स्थानीय ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा ६५ लाख बराबरको धनमाल नष्ट भएको छ।
काठमाडौं महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो। आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment