प्रयागराजको महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था

डिसी नेपाल
१९ माघ २०८१ २२:५७
408
Shares

काठमाडौं। ब्राह्मण अन्तर्राष्ट्रिय संगठन ट्रष्टको संरक्षकका रुपमा संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले भारतको प्रयागराजमा जारी महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि बस्ने र खाने व्यवस्था गरेका छन्।

दैनिक एक करोडभन्दा बढी भक्तजन पुग्ने गरेको भनिएको महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको उनले जानकारी दिए। एक सय ४४ वर्षको अन्तरालमा हुने महाकुम्भमा नेपाली तीर्थयात्रीलाई बस्ने र खाने व्यवस्थाका लागि कुनै समस्या नहोस् भनी सेवा गरिएको उनको भनाइ छ। एक दिनमा दुई सय जना नेपाली भक्तजनलाई यस्तो सेवा दिइएको छ।

‘हरेक दिन भागवत कथा वाचन पनि भइरहेको छ, हाम्रो यो प्रयासलाई भारतीयले समेत प्रशंसा गरेका छन्’, उनले भने। महाकुम्भमा पुगेर बस्ने र खाने स्थानको खोजीमा भौँतारिने नेपालीलाई यसले राहत पुगेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *