क्यान्सर पीडितको संकलित रकम हस्तान्तरण

डिसी नेपाल
२० माघ २०८१ ११:२६
80
Shares

काठमाडाैं। नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङको बिशेष पहलमा अमेरिकामा क्यान्सर पीडितको लागि संकलन गरिएको ६ लाख ७१ हजार एकसय ८३ रूपैया ४० पैसा राहत रकम यही माघ १९ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाद्वारा पीडितलाई हस्तान्त्रण गरिएको छ।

पाँचथर जिल्ला फाल्गुनन्द -३ का वडा अध्यक्ष एवम नेका फाल्गुनन्द गाउँकार्यसमितिका सभापति सुखवीर नेम्बाङका लागि एक अभियान संचालन गरि अमेरिकामा बस्ने नेपालीहरुबाट उक्त राहत रकम संकलन गरिएको महासचिव नेम्बाङले बताएका छन्।

केही महिनादेखि प्राण घातक रोग क्यान्सर लागेर भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराई रहेका सुखवीर नेम्बाङको श्रीमती मैयादिवी श्रेष्ठलाई भक्तपुरको क्यान्सर अस्पतालमा नै पुगेर प्रतिनिधी सभाका सांसद खतिवडाले राहत सहयोग रकम हस्तान्त्रण गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *