जन्मदिनमा न्युजिल्याण्डबाट ७ वर्षका अंशले गरे ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग

डिसी नेपाल
२० माघ २०८१ ११:४६
512
Shares

काठमाडौं। न्युजिल्याण्डमा रहेका नेपाली मुलका अंश अधिकारीले जन्मदिनको अवसरमा ब्लड क्यान्सरकी बिरामी चन्द्रकला भण्डारीलाई आर्थिक सहयोग गरेका छन्।

आजबाट ७ वर्षमा लागेका अंशले हाडी गाउँ बस्ने बैतडीकी ब्लड क्यान्सर रोगबाट ग्रसित २४ वर्षकी भण्डारीलाई आर्थिक सहयोग गरेका हुन्।

न्युजिल्याण्डमा नै जन्मिएका अंशले आफ्नो हरेक जन्मदिनको अवसरमा केही न केही सहयोग असहायहरुलाई गर्दै आएकोमा यस वर्ष ब्लड क्यान्सरजस्तो गम्भिर रोगसँग जुधिरहेकी चन्द्रकलालाई सहयोग गरेका हुन्।

ब्लड क्यान्सर भएको करिब ६ महिनाको समयमा चन्द्रकलाको करिब १६ लाख रुपैयाँ उपचारमा खर्च भइसकेको र आर्थिक समस्या भएका कारण उनले सहयोगको अपिल गरेको अंश र उनका बाबु डाक्टर रमिल अधिकारीले थाहा पाएपछि उक्त रकम न्युजिल्याण्डबाट पठाइदिएका हुन्। चन्द्रकलाको अहिले हात समेत चल्न छाडेको छ।

टिचिङ अस्पतालमा उपचार गरिरहेकी उनले आर्थिक समस्याका कारण कोठामा बसिरहनु परेको छ। अंशले गत वर्ष काठमाडौँको मुलपानीमा रहेको स्नेहा बाल आश्रमका लागि आर्थिक सहयोग गरेका थिए।

कलाकार सुलेमान शंकर इकुले संचालनमा ल्याएको बाल आश्रममा रहेका अनाथ र असहाय बालबालिकाहरुका लागि भनेर सहयोग गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *