प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

डिसी नेपाल
२० माघ २०८१ ११:४९
744
Shares

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। शुक्रबार उनीविरुछ रौतहट जिल्ला अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरिएको हो।

साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए। अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन्।

अध्यक्ष शाह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध दर्ता भएको सो मुद्दा सुनुवाइका लागि जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा पेशी तोकिएको छ। महासचिव साहविरुद्ध परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि लगाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *