तनहुँमा टिप्परले कार र स्कुटरलाई ठक्कर दियो

डिसी नेपाल
२० माघ २०८१ १९:१६
260
Shares

पोखरा । तनहुँमा टिप्परले कार र स्कुटरलाई ठक्कर दिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेराटारमा आइतबार साँझ दुर्घटना तीन सवारी ठोक्किएका हुन्।

दुर्घटनामा एक जनाको ज्यान गएको छ। स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने ४१ वर्षीया अप्सरा क्षेत्रीको दुर्घटनामा ज्यान गएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।

खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ त ५८९६ नम्बरको टिप्परले विपरीत दिशाबाट आउदै गरेको प्रदेश ३–०१०२२ च ६७७८ नम्बरको कार र ग ४ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

स्कुटर चालक अप्सराका छोरा २१ वर्षीय दीपेशकुमार क्षेत्री सामान्य घाइते छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *