अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
फुङ्लिङ। ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका–१ निवासी ४० वर्षीय बिर्खराज राई रहेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले राईले आफ्नै घरमा अवैध रूपमा बन्दुक लुकाएर राखेको सूचनाका आधारमा आज निजलाई पक्राउ गरिएको बताए।
प्रहरी निरीक्षक रवि रावल नेतृत्वको टोलीले राइको घरभित्र लुकाई राखेको भरुवा बन्दुक फेला पारेको उनले जानकारी दिए।
राईमाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाइएको छ। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment