ताप्लेजुङमा केवलकार निमार्णको विरोधमा काठमाडौंमा प्रदर्शन

डिसी नेपाल
२१ माघ २०८१ १७:०३
100
Shares

काठमाडौं। ताप्लेजुङको मुक्कुम्लुङ क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।

राष्ट्रिय मुक्ति मोर्चा, किरात याक्थुङ चुङलुङ लगायतका संघ संस्थाहरुले नो केबलकार भन्दै काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरुले मुक्कुम्लुङ पवित्रस्थलमा केवलकार खारेज गर, सुरक्षाकर्मी फिर्ता गर, आदिवासीको भूमि फिर्ता गर, आदिवासीलाई विस्थापित गर्ने विकास चाहिदैन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

त्यस्तै उनीहरुले जनताहरुमाथि गोली चलाउने काम भएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.