रियालिटी शो ‘कमेडी किड्स’को औपचारिक घोषणा

डिसी नेपाल
२१ माघ २०८१ २०:४१
256
Shares

काठमाडौं। आज वसन्त पञ्चमीको शुभ अवसरमा रघुजी फिल्म्सले नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को औपचारिक घोषणा गरेको छ। मध्य बानेश्वरमा रहेको घराना लन्ज एण्ड बारमा पत्रकार सम्मेलनको आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो। घोषणा कार्यक्रममा रियालिटी शो ‘कमेडी किड्स’ को लोगो सार्वजनिक गरिएको छ।

बालबालिकाहरुलाई लक्षित गरि निर्माण गरिने शोमा चार देखि १४ वर्ष सम्म उमेर समुहकाले भाग लिन पाउने रघुजी फिल्म्सका संचालक रघुनाथ सापकोटाले बताए। फागुनको पहिलो साताबाट डिजिटल अडिसन खुल्ला गरिने पनि उनले बताए। सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल हुन बाँकी रहेको छ।

डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिंग पार्टनरमा ओएसआर कनेक्टसँग सम्झौता भएको छ। शो प्रशारण हुने टेलिभिजन फाइनल हुन बाँकी रहेको बताइएको छ। प्रतियोगितामा विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *