बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी सिफारिस
काठमाडौं। नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिको लागि सुशील देव सुवेदीलाई सिफारिस गरिएको छ।
प्राधिकरणको पदपूर्ति समितिले कार्य सम्पादन मूल्यांकनमा सर्वाधिक अंक प्राप्त गरेको आधारमा सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्न शिफारिस गरिएको हो।
पदपूर्ति समितिले सुवेदीको नाम सञ्चालक समितिसमक्ष सिफारिस गरेको हो। प्राधिकरणको सञ्चालक समितिले स्वीकृत गरेपछि सुवेदी कार्यकारी निर्देशकमा नियुक्त हुनेछन्।
पदपूर्ति समितिले प्रकाशन गरेको सूचना अनुसार तीनजना उम्मेदवारमध्ये सुवेदीले सर्वाधिक ७७ दशमलव १९४ अंक प्राप्त गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment