सुर्खेत बस दुर्घटनाका ३५ घाइतेलाई कोहलपुर लगियो, ६ गम्भीर
सुर्खेत । सुर्खेतबाट महाकुम्भका लागि हिँडेको बस बबईमा दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।
भेरी नगरपालिका–५ स्थित सानो खोलामा भे१ख ४३३१ नम्बरको यात्रुबहाक बस आइतबार बेलुका दुर्घटना हुँदा ३५ जना घाइते भएकोमा ६ को अवस्था गम्भीर छ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई बाँकेको कोहलपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। बसमा ४१ जना तीर्थयात्री सवार रहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment